काठमाडौँ, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३८.१० अंक घटेर २७८.०० विन्दुमा झरेको छ।
परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्क्रिपको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
आज पनि विकास हाइड्रोपावरको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा वृद्धि भएको छ । सो कम्पनीको सेयर मूल्य ५६८.९० रुपैयाँ अन्तिम कारोबार भएको छ। कारोबारमा आएको ओरियन्टल होटलको सेयर मूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यसदिन हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ३५ करोड रुपैयाँ नाघेको छ।
बजारका उपसमूहमध्ये आज म्युचुअल फण्ड र निर्जीवन बिमा समूहको उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत घटेको छ भने फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।











प्रतिक्रिया