काठमाडौँ, वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ। घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ ।
यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको। उनी अहिले दक्षिण कोरियामा छन। उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ बर्ष पुगेको छ । ५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका हुन।
दुवैको परिवार खुशी नै थिए। तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको २ महिना भएको छ। ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन। पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् ।
पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा । तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन ।भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=js5BpWuKZWA&t=95s











प्रतिक्रिया