गृह पृष्ठ

स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको घरमा संकास्पद वस्तु फेला


१३ कार्तिक २०७९, आइतबार ००:००


बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा संकास्पद वस्तु देखिएको बताए ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार ००:००