आर्थिक

सुनको मूल्यमा २३०० ले वृद्धि


१८ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार ००:००