गृह पृष्ठ

दैलेख बस दुर्घटना ८ जना घाइते


७ मंसिर २०८१, शुक्रबार ००:००


काठमाडौं, जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने ठाउँमा ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएकामध्ये ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लालबहादुर सुनारले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अहिले प्रहरीको टोली पुगेर उद्धारको कार्य अघि बढाएको छ ।

अन्य यात्रुहरू सामान्य घाइते भएका छन् । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ । प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रकाशित : ७ मंसिर २०८१, शुक्रबार ००:००