मुख्य खवर

सडेको अवस्थामा एक शिशुको शव फेला


७ जेष्ठ २०८२, मंगलबार ००:००


बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ। जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६/७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताए । सोमवार अपराह्न ४ बजेतिर शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको कसको हो भन्ने कुरा पहिचान हुन सकेको छैन। घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए । शव भेटिएको ठाउँमा पहिला चिहान पनि भएकाले कसैको गाडेको शव हो कि भन्ने आशंका समेत गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ७ जेष्ठ २०८२, मंगलबार ००:००