काठमाडौँ, गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको हो ।
गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् । आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताए । उनी बुधबार पक्राउ परेका थिए ।











प्रतिक्रिया