सोलुखुम्बुमा टिम्बुर टिप्न गएका युवकमाथि भालुले आक्रमण गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–३ बंकरस्थित जङ्गलमा टिम्बुर टिप्न गएका एक युवकमाथि शुक्रबार बिहान भालुले आक्रमण गरेको स्थानीयले जानकारी दिनुभयो ।
स्थानीय ३३ वर्षीय लाक्पा तेन्जी तामाङमाथि आज बिहान करिब ९ बजे भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको टाउको र हातमा गम्भीर चोट लागेको छ । घाइते तामाङको हाल जम्फुटे अस्पतालमा उपचार भइरहेको छ ।
डाक्टरहरूले प्रारम्भिक उपचार गरिरहेकाले अवस्था खतरामुक्त रहेको जनाइएको छ । सो क्षेत्रमा पहिलो पटक भालुको आक्रमण भएको हो । यस विषयमा प्रहरीलाई प्रारम्भिक जानकारी आएपनि विस्तृत विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजित कुवरले बताउनुभयो ।











प्रतिक्रिया