पक्की सडक बनेसँगै थोरै बर्षामा पनि सधै डुबानमा बस्ती

काठमाडाैँ, सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि सधै डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आइरहेकाे छ । बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताएका छन । ‘बस्तीको पूर्वतर्फबाट नाला…