काठमाडौ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाब दिइएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रचण्डले देश बंगलादेश वा श्रीलंकाजस्तो होला भनेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन । प्रचण्डले देश बंगलादेश, श्रीलंका होला भन्दा आफूलाई असह्य भएको उल्लेख गर्दै उनले भने, ‘धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप…