जब ६० गायक गायिकाले एउटै गीत गाए लोकनाथ मनेनको शब्द र धुनमा ‘माया त्यो स्वर्गीय १९८४’ क्यान्टाटा सार्वजनिक

बिहिबार ज्ञानेश्वरस्थित नेपाली इसाइ मन्डली चर्चको हलमा नेपाली साङ्गीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम भयो । इसाइ साहित्य तथा सङ्गीत क्षेत्रका अग्रज श्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा चालिस मिनेट लामो क्यान्टाटा गीत 'माया त्यो स्वर्गीय १९८४' प्रस्तुत गरियो । एकैसाथ ६० जनाभन्दा बढी क्वायरले गीत गाएको क्यान्टाटामा स्वर दिन गायक राजु तामाङ अग्रस्थानमा थिए ।…