काठमाडौँ, नेकपा एमाले झन्डै साढे ३ महिनापछि हुने दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ । परिस्थिति प्रतिकुल नबनेको खण्डमा विधान महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी एमालेको छ । आगामी भदौ २० गतेदेखि २२ सम्म दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको एमालेले उक्त महाधिवेशनको तयारीस्वरुप जेठ महिनाभित्र विधान संशोधनका लागि सुझावहरू संकलन गर्ने…