काठमाडौँ, २०७७ पुस ५ गते केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले नै अदालतको अवहेलना मुद्दा खेप्नुपर्यो ।पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संसद् विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए । तर त्यसवेला संसद् विघटनको मुद्दा अदालतमा प्रवेश गरिसकेको थियो । अदालतमा प्रवेश गरिसकेको मुद्दा प्रभावित पार्नेगरी विज्ञप्ति निकालेको…