काठमाडौँ, प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको धारणाको विरोध भएको छ । आइतबारको बैठकमा घिमिरेले ‘नेपालमा पनि यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेकामा सोमबारको बैठकमा सांसदहरूले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सत्तापक्षकै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सांसदले मुलुकको सामाजिक संरचना बिथोल्न खोजेको उनीहरूको आरोप थियो । बैठकको शून्य समयमा सांसदद्वय दुर्गा राई…