जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि असह्य बज्रपात भएको छ । परिवारको एक्लो छोरा १५ वर्षीय आशुको हत्याले अर्चनासहित आफन्त र गाउँले शोकमग्न छन् । ६ महिनाअघि मात्र उनका श्रीमान् पप्पु यादव बितेका थिए । श्रीमान्को मृत्युको पीडा सेलाउन नपाउँदै फेरि छोरा आशु सदाका लागि गुमे । शनिबार होलीको दिन, सामान्य विवादकै क्रममा आशुको हत्या भयो…