नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा पुरस्कृत

काठमाडौँ, नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ७ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान…