चीनको १० वर्ष पुरानो ‘हाई-टेक’ योजना के हुँदैछ ?

काठमाडौं, चीनको च्याटबट डीपसीकले विश्वलाई चकित पारेको छ। तर चीनलाई नजिकबाट अध्ययन गर्नेहरूका लागि यसमा कुनै अचम्मको कुरा छैन। चीनले बितेको १० वर्षदेखि कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका उच्चप्रविधि उत्पादनहरूमा विशेषज्ञता हासिल गर्दै आएको छ। यो चीनको अत्यन्त महत्वाकांक्षी योजना ‘मेड इन चाइना २०२५’ को हिस्सा हो। विश्लेषकहरूका अनुसार डीपसीक प्रोजेक्टको सफलता चीनको दीर्घकालीन प्रविधि रणनीतिको…