मेरो चरित्र हत्या गर्ने प्रयास भयो : मन्त्री अधिकारी

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन्। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धि अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको बताएका हुन्। उनले आफूले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारबाही भोग्न समेत तयार रहेको स्पष्ट पारे। मन्त्री अधिकारीले…