काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक ल्याएर कुनै पनि दल फुटाउने आफ्नो प्रयास नभएको प्रस्ट पारेका छन् । विपक्षी राजनीतिक दलहरूले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयासमा सरकार लागेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले यसबारे प्रस्ट पारेका हुन् । साथै उनले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको…