सोलुखुम्बु- थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको संस्थाको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत सञ्चालित उक्त तालिम आइतबार सुरु भएको थियाे । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उक्त दुई दिने तालिमको पालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएकाे थियो । थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित तालिममा पालिका स्तरीय संस्थाका…