काठमाडौँ, ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेकाहरूलाई सरकारी वार्ता टोलीले वार्तामा बोलाएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि…