मलेसियाले छानेका २५ म्यानपावरमाथि अनुसन्धान अधिकृत तोकेर छानबिन गर्दै विभाग

३० असोज, काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउनका लागि मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालेको छ । मलेसियाले विदेशी श्रमिक भर्नाका लागि लागु गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र २५० वटालाई सहायक (एसोसिएट) एजेन्सीका रूपमा…