कवि भूपाल राईको `हरिनन्द र माटो´ कविता बिबादमा (कक्षा १२ को ऐच्छिक नेपाली पाठ्यक्रम)

कक्षा १२ को ऐच्छिक नेपाली विषयको पाठ्यपुस्तकमा एउटा कविता छ– ‘हरिनन्दर र माटो ’ चर्चित कवि भूपाल राईद्वारा लिखित यो कविताका कारण पाठ्यक्रम विकास केन्द्रमा हल्लीखल्ली मच्चिएको छ । नयाँ शैक्षिक सत्रमा यो कविता पाठ्यक्रमबाटै हटाउन केन्द्रमा दबावसमेत आएको छ । पाठ्यपुस्तकमा समावेश भएको ‘हरिनन्द र माटो’ शीर्षकको कविताले पोखरेलहरूप्रति नकारात्मक भ्रम फैलाएको भन्दै खोटाङको…