खस–आर्यका थर सूचीकरण गरिँदै

काठमाडौँ, समावेशी आयोगले खस र आर्य समुदायका थर सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । संविधानले यी दुई समुदायलाई एउटै बनाएपछि उनीहरूले स्पष्ट पार्न माग गर्दै आएका थिए । माग सम्बोधन गर्न आयोगले कार्ययोजना बनाएको कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताइन् । खस र आर्यसँगै दशनामी, ठकुरीका थर पनि सूचीकृत गरिने जानकारी उनले दिइन । ‘खस, आर्य, दशनामी र ठकुरी…