बस र कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना, १ जनाको मृत्यु

चितवनको खैरहनिमा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ। आज बिहान १:४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा…