भारतका विद्युत् मन्त्री मनोहरलाल नेपाल आइपुगे

काठमाडौं, भारतका विद्युत्,आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन्। विद्युतमन्त्री खट्टरले मंगलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३…