काठमाडौं, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन्। नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक सांसद भएर आउँदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन्। त्यसोभएको हुनाले रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने…