आमाको मृत्युको बदला लिएको भन्दै लोकबहादुरले दिए बयान

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले…