जनकपुरधाम, इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन…