मानव शरीरका लागी घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले आइतबार उपत्यकाका ३ वटा सेनिटाइजर उद्योग र तीनवटा गोदाममा छापा मारेको थियो । पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरी घर भएका आशिष प्याकुरेल, बालाजुस्थित…