मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान -६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन । आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम…