विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा सूचीमा पर्ने सम्भावना बढेको हो । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ मिसन’ले सन् २०२२ मा लुम्बिनीको…