प्रधानमन्त्री ओली र अर्थमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता ,हदसम्मको सजायको माग

काठमाडौँ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा लगेका छन्। उनले संविधान र सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई अदालतमा उपस्थित गराई हदसम्मको सजायको माग गरेका छन् । उक्त मुद्दा सर्वोच्चमा पेस भएपनि दर्ता हुने प्रक्रियामा रहेको त्रिपाठीले बताए ।…