रावाबेँसीमा व्यक्तिगत लगानीमा विश्राम स्थल निर्माण

खोटाङको रावाबेँसी गाउँपालिका २ खार्पा रुभुङको साकेला थानमा विश्राम स्थल निर्माण गरिएको छ । ब्रिटिस आर्मी दल बहादुर राईले जन्मथलोलाई योगदान गर्ने उदेश्यले ३ लाख ३६ हजार २ सय ७० रुपैंयाको लागतमा सो विश्राम स्थल निर्माण गराएका हुन् । साकेला थानमा हुने साँस्कृतिक कार्यहरुमा आउने आगन्तुकहरुलाई विश्रामका लागी विश्राम स्थल निर्माण गराएको राईले बताए ।…