काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा पौडी खेल्ने क्रममा डुबेका एक जना युवक मृत भेटिएका छन् । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–११ घर भएर ललितपुर बस्दै आएका २० वर्षीय अभिषेक राईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । शनिबार साथीहरूसँग पौडी खेल्न गएका उनी डुबेका थिए । सेनाको विपद्…