विजय जुलुस र भोजभतेर गर्ने पैसाले जनताको घरमा जस्तापाता हाल्छु : सुदन किराती

नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै माओवादी केन्द्रका नेता सुदन किराँती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् । किराँती २०६४ साल र २०७४…