इन्जिनियरिङ विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन

काठमाडौं, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित…