कञ्चनपुर,कञ्चनपुरका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छाना फेरिने भएको छ । शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् । शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छाना फेर्ने कार्य हुन लागेको छ । खरको छाना भएका घरमा जस्तापाता राख्नका…