प्रधानमन्त्री कार्की र प्रधानमन्त्री नरेन्द्र मोदीबीच आधा घण्टा टेलिफोन वार्ता

काठमाडौं, नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेका छन्। नेपालमा हालै भएको दुस्खद् घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नेपालको शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका छन्।…