विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारीकाे कालोपट्टी बाँधेर धर्ना

काठमाडौं, नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ। शान्तिपूर्ण रूपमा आयोजित धर्नामा सहभागी कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । संघर्ष समितिका अनुसार, प्राधिकरण सञ्चालक समितिको २०७९ साउन ३१ गते बसेको ९४९ औं बैठकले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा…