सोताङ र महाकुलुङमा फसेका एक दर्जन बोलेरो तथा सुमो जीप कोशी वारी तारियो

सोलुखुम्बुको कोशीपारीका पालिकाहरु सोताङ र महाकुलुङमा फसेका एक दर्जन बोलेरो तथा सुमो जीप कोशी वारी तारिएको छ । दुधकोशी नदिमा आएको बाढीका कारण दिप्ली घाटको बेलीबृजमा क्षति पुगेपछि कोशीपारी फसेका १२ वटा गाडी तुइनको माध्यमबाट कोशी वारी तार्ने काम सम्पन्न भएको हो । थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुधकोशी पारी सोताङ तथा महाकुलुङ…