सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा,पार्टीको झण्डा २ दिन झुकाउने

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले पार्टीका केन्द्रीय सल्हाकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीताको निधनप्रति विहिबार सल्लेरी स्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला सचिव नाम्गेल शेर्पाको नेतृत्वको सभाको आयोजना…