पुर्पक्षका लागि थुनामा पठाएका पल शाहलाई नवलपुर जिल्ला अदालतले पनि थुनामै पठाउने आदेश

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले पनि थुनामै पठाउने आदेश दिएको छ । नवलपुरको उक्त आदेशसँगै तनहुँमा चलेको मुद्दामा अब उच्च अदालत पोखराले धरौटीमा छाड्ने आदेश दिए पनि शाह नवलपुर अदालतका कारण थुनामै बस्नुपर्नै भएको हो । एक नाबालिगले आफूलाई विवाहको प्रलोभन देखाई पटकपटक जबरजस्ती…