लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदै, आजै सपथ ग्रहण

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिङ विकले जानकारी दिए । नेपाली काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा…