साेलुखुम्बु – सोलुुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि पूर्णरुपमा बन्द भएको छ । हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले निर्माणकार्य पूर्णरुपमा बन्द गरेको जनाएको छ ।
गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको कामहरु समेत कुनै पनि पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताउनुभयो । स्थानीय बासिन्दासँग पटक पटक गरेको सहमति कार्यान्वयनको लागि गएको ८ गते तीन दिने अल्टिमेटमसहित १७ बुँदे माग पेस गरेको समितिले ११ गतेदेखि अति आवश्यक बाहेकको काम बन्द गरेको जनाएको छ ।
आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गरिनुपर्ने, स्थानीय बासिन्दाकोको क्षमता अनुसार रोजगारी पाउनुपर्ने र सार्वजनिक सुनवाइ समेतको कार्यक्रम गरिनुपर्ने लगायतको माग सरोकार समितिले राखेको छ ।
हाइड्रोपावरले कामदारलाई अति न्यून ज्याला दिएर काममा लगाएको समितिको आरोप छ । यस्तै, महाकुलुङ गाउँपालिकाको वडा नं. ५ मा निर्माण कार्य भइरहेको र आयोजनालाई आवश्यक जग्गा समेत भाडामा लिएको भए पनि वडालाई अतिप्रभावितको सूचीमा नराख्ने लगायतको काम भएको समितिका संयोजक कुलुङको भनाइ छ ।











प्रतिक्रिया