काठमाडौं,कालीमाटी बजारमा साग र तिते करेला महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०० रुपैयाँकिलो रहेको तिते करेला आज ११० रुपैयाँ पुगेको छ । त्यस्तै रायो साग अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेकोमा आज १२० रुपैयाँ पुगेको छ । पालुगो साग १०० बाट १२० रुपैयाँ पुगेको छ ।
स्थानीय काउली तथा बन्दा केही सस्तिएको छ । अघिल्लो दिन स्थानीय बन्दा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै काउली ८० बाट ६० मा झरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन इस्कुस ४०, भन्टा ६०, तने बोडी १३०, घिउ सिमी १४०, टाटे सिमी ९०, लौका ८०, परवर १२०, चिचिन्डो ८०, घिरौंला १००, भिण्डी १४०, पाकेको फर्सी ६०, हरियो फर्सी ७०, बरेला ९चुच्चे करेला० अधिकतम १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २००, ब्रोकाउली ११०, डल्ले च्याउ ४०० तथा कुरिलो अधिकतम ७०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, बिहीबार सुनको भाउ तोलामा १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ६० हजार ८ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९३५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँ कायम भएको छ ।











प्रतिक्रिया