मुख्य खवर

को हुन् भूपध्वज थोमरोस् ? किन अनेक नाममा जताभावी लेख्छन् ?


२० फाल्गुन २०७८, शुक्रबार ००:००


खोटाङ, सुरुमा कुलुङ जातिको अगुवाका रुपमा चिनिएका भूपध्वज थोमरोस कुलुङ बुबु (कुलुङ भाषामा दाजु/दाई भन्नु पर्दा ‘बुुबु’ भनिन्छ) पछि गएर आफ्नै कारणले ‘जो अगुवा उही…’ भएका कारण वा कुलुङ समुदायका विरोधी वा भनौं आफै कुलुङको सन्तान भएर पनि कुलुङ समुदायका कुलंघारका रुपमा उदाएपछि कुलुङ समुदाय र कुलुङ गाउँ–वस्तीबाट विस्तारै बहिस्कृत हुँदै गए । फलतः दार्जिलिङको केही ठाउँ र सिक्किमको केही ठाउँमा बाहेक भूपध्वजको आउने जाने (घुम्ने) ठाउँ र दानापानीको व्यस्थापन हुने ठाऊँ विस्तारै बन्द हुँदै गएको छ ।

खास गरी सुरुदेखि नै उनको भूमिका कहिल्यै पनि कुलुङको हितमा रहेन । आफुले भने अनुसार भएन भने तुरुन्तै कुलङ समुदायका विरुद्घ जे गर्न पनि तयार हुन्थे । जस्तै वि.सं २०६०/०६१ सम्म कहिले महाकुलुङका कुलुङहरुलाई हामी महाकुलुङ बाहिरका कुलुङ विरुद्घ उचाल्ने, कहिले सुनसरी धरानका कुलुङहरुलाई महाकुलुङ बाहेकका कुलुङ विरुद्घ उचाल्ने, कहिले हामीलाई महाकुलुङ र सुनसरी धरानका कुलुङहरु विरुद्घ उचाल्ने र आपूmले केही न केही व्यक्तिगत फाइदा लिइरहने काम गरे ।

एक पटक त कस्तोसम्म भयो भने, यो पंक्तिकारलाई ‘धरानमा कुलुङ सम्मेलन हुँदैछ, सुक्तुममा एक शुभकामना लेख लेखिदिनुप¥यो प्रकाश जी (ऊ बेला मेरो लेख्ने नाम प्रकाश राई “दीनदुःखी” थियो) भनी आग्रह गरे, भूपध्वज बुबुले । होला त नि भनेर लेखेँ पनि । सुक्तुममा उक्त लेख प्रकाशित पनि भयो । तर, उनले त भएको ‘कुलुङ संघ’ नै फुटाएर पो अर्को सम्मेलन गरेका रहेछन् ।

यसरी भूपध्वज आफै कुलुङको एक सन्तान भएर पनि कुलुुङ जातिकै हकहित विरुद्ध अनेक हर्कत गर्दै गए । कतिसम्म भयो भने, हामीले हरेक कुरोमा पारदर्शीता अपनाउँ, हरेक खर्च–बर्चको हरहिसाव लेखा व्यवस्था अनुसार राखौं भन्थ्यौं । तर …। त्यो वेला काठमाण्डौको कालोपुल नजिकै ‘हिरा रत्न सिनेमा हल’ थियो । त्यही सिनेमा हल अगाडिको कुनै घरमा भूपध्वज बुबुको श्रीमती (भाउजु)ले मुनि तलामा होटल चलाउनुहुन्थ्यो ।

माथिल्लो तलामा उनीहरुको कोठा थियो । त्यसैलाई भूपध्वज बुबुले कुलुङ संघको कार्यलय भनेर खर्च देखाउने/कटाउने गर्नुहुन्थ्यो । भूपध्वजको अर्को राम्रो वा नराम्रो काम के भनौं ! उनले ‘महाकुलुङका कुलुङ, हामी महाकुलुङ बाहिरका कुलुङ र सुनसरी धरानका कुलुङहरु एक भएर जाऔं भनी’ प्रस्ताव गर्दा त्यसो गर्न पनि नमान्ने र कहिल्यै पनि हामीहरुबीच बसेर छलफल र बहस गर्नै नदिने बरु सक्दो भेट हुनै नदिने प्रयास गरे ।

यसै क्रममा संजोगले वि.सं २०५९/०६० को हिउँदमा काठमाण्डौको त्रिचन्द्र कलेजको पूर्वी भवन (घण्टा घरसँगै) को सिरानको एक कोठामा धरानका कुलुङहरु वीरचन्द्र रीन्हो, फोपा, महन्त राजीत्ती बुबु, मालुमध्वज पीदीसै बुबुलगायतलाई भेला पारेर समिति गठन गर्ने प्रयास गर्दै रहेछन् । कुलुङ सम्मेलन गर्ने भनी तयारी गर्दै रहेछन् ।

महाकुलुङका कुलुङ साथीहरुले सो कुरो थाहा पाएपछि हामी सबै त्यहाँ गुरिल्ला पारामा तुरुन्तै उपस्थित भयौं । महाकुलुङका सूर्य मान्थेर्बूजीले धरानका कुलुङ वन्धुहरुकै अगाडि भूपध्वज बुबुको नाथ्री फुट्ने गरी मुक्का हान्नु भयो । अनि मात्रै धरानका कुलुङ वन्धुहरु भूपध्वज बुबुबारे अरु बढी प्रस्ट भए । त्यसपछि हामी सबै डिल्लीबजारमा रहेको कुलुङ संघको कार्यलयमा आयौं ।

महाकुलुङका कुलुङ वन्धुहरुसँग पहिलेदेखि नै राम्रो सम्बन्ध र सम्पर्क रहेको हुनाले अब धरानका कुलुङ वन्धुहरुसँग पनि सघन रुपमा कुलुङहरु एक भएर जानुपर्ने सम्बन्धमा बहस र छलफल भयो ।

त्यसपछि विसं २०६० मा ‘मा कूलू रीदूम्छा’, ‘कुलुङ संघ काठमाण्डौ’ र ‘कुलुङ संघ सुनसरी’बीच धरानलाई केन्द्र मानेर एकीकृत सम्मेलन गर्ने गरी तदर्थ समिति गठन भयो । सोहीअनुसार विसं २०६१ मा धरानमा पहिलो एकीकृत कुलुङ सम्मेलन सम्पन्न भयो । त्यस यता पाँचौ पटकको एकीकृत कुलुङ सम्मेलन भई सकेको छ । स्मरणीय छ हालै (पुस १५, १६, १७ गते) सुनसरीको धरानमा कुलुङ जातिको महान चाड ‘चाक्चाकूर पर्व र कुलुङ’हरुको एकीकृत पाँचौं सम्मेलन एकै पटक सम्पन्न भएको छ ।

यसरी भूपध्वज बुबुले स–शरीर कुलुङ जातिको सघन वस्ती भएको गाउँठाउँमा गएर कुलुङ जातिका अगुवाहरु जस्तै चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, निनाम लोवात्ती आदिका विरुद्घ भड्काउने, कुलुङ जातिकै विरुद्घ एकलाई अर्का विरुद्घ उचाल्ने, अरु जातजाति विरुद्घ भ्रम फैलाउने , आफु स्वयम् कुलुङ भएर पनि कुलुङ जातिकै विरुद्घ अर्घेलो गर्दै केही न केही लेखी रहेका छन् ।

र, उनी आफुले केही न केही व्यक्तिगत फाइदा लिईरहेका छन् । तर, अब त्यस्तो अवस्था धेरै दिन नरहने अवस्था देखिएपछि भूपध्वज बुबुुले आप्mनो एक मुठ्ठी सास रहेसम्म अनेक कसरत गरी रहेका छन्, कुलुङ समुदाय र कुलुङ जातिका अगुवाहरुका विरुद्घ आपूmले सकेको षडयन्त्र गर्ने र र भ्रम छर्ने काम गर्दै आएका छन् ।

यसो गर्नमा भूपध्वज बुबुलाई पछिल्लो समयमा सूचना र प्रविधि सञ्चारको आधुनिकीकरणले पनि साथ दिएको छ । जस्तै फेसबुक, मेसेन्जर, इमेल, इन्टरनेटबाटै सबै काम हुने भएपछि उनलाई कुलुङ जातिका अगुवा तथा कुलुङ जातिकै विरुद्घ कन्धनी कसेर लाग्न सजिलो पनि भएको छ ।

तर, यस्तो नाकाम गर्नमा पनि भूपध्वज बुबुले आफ्नै सक्कली नाम, फोटो, ठेगाना, मोबाईल वा फोन नम्बर, ईमेल आदि प्रयोग नगरेर अरुहरुकै नाम वा भनौं नक्कली नामहरु प्रयोग गरी रहेका छन् । अरुकै नाम वा नक्कली नामका सम्बन्धमा भन्दै पर्दा तल उल्लेख गरिएको छ ।

१, सोङघेर्वा राई २, सोङघेर्वा कुलुङ ३, युवराज राई ४, शरण राई ५, मुनु राई ६, छिरिङ श्रीपोस ७, कृष्ण सोताङ ८, मणीकुमार पिल्मोङ राई ९, डा. बि.बी. पिल्मो राई १०, डा. बि.बी. लोवात्ती पिल्मो राई ११, मणिकुमार राई १२ डा. बि.बी. राई १३, रमेश लोवात्ती पिल्मो राई आदि । यसरी अरुको नाममा भूपध्वज बुबुले कुलुङ समुदायका विरुद्घ र कुलुङ जातिका अगुवा विरुद्घ भ्रम पैmलाउन विभिन्न पत्रिका तथा अनलाईनमा कहिले के नाममा, कहिले के नाममा लेख छपाउँदै आएका छन् ।

हुन त राई जातिको नाममा खुलेको किरात राई यायोक्खा (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ का बारेमा लेखेको मेरो लेखलाई टारगेट गरेर हालै (सोमबार, पुस २६ गते) ‘नेपालवाइड टडकम’मा फेरि पनि रमेश लोवात्ती पिल्मो राईको नक्कली नाममा भूपध्वज बुबुले जताभावी र अन्टसन्ट लेख लेख्नु भएछ । त्यसमा मलाई धेरै खुशी लागेको छ । किनभने, मैले फेरि भूपध्वज बुबुले कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरु विरुद्घ अन्टसन्ट विष वमन गरेकोमा प्रस्ट्याउने मौका पाएको छु ।

हुन त यो नयाँ लेख रहेछ । अर्थात् यो पहिलोपटक लेखेको लेख होला म विरुद्घ । संभवतः आगामी दिनमा यही लेखलाई नै माथि उल्लेखित नक्कली नाममध्ये कुनै एक नाममा वा अर्को नयाँ नक्कली नाम सिर्जना गरेर छाप्न प्रेषित गर्ने होलान् । भूपध्वज बुबुको कुलुङ समुदायका अगुवाहरु र कुलुङ समुदायलाई भड्खालोमा हाल्ने यस्तै लेख रचनाहरु राम्रो लाग्ने गर्छ, राईवादी कमरेडहरुलाई ।

त्यसैले यायोक्खाका पूर्व केन्द्रीय सदस्य हुँदै सचिव भई सकेका कान्तिपुर दैनिकका पत्रकार गणेश राई ज्युलाई भूपध्वज बुबु ‘सहरमै बसेर कुना काप्चासम्म पुगिरहने भीर माहुरी’ लाग्छ । तर, पत्रकार राई ज्युले भूपध्वज थोमरोस् (राई) बारे लेख्नु हुँदा उनका बारेमा वास्तविकता के हो ? सो बारेमा भने बिरालाले आफ्नो विष्टा लुकाएँ झै धेरै कुरो लुकाएर वा भनौं उनका नकारात्मक कामहरु खास गरी भूपध्वज आफु जन्मसिद्घ कुलुङ भएर पनि आफुले भने जस्तो नभएपछि (किनभने उनी स्वयम् कुलुङ जातिको संस्थामा महासचिव भएर धेरै पटक काम गरेका थिए ।) कुलुङ संघ र कुलुङ समुदायकै हितविरुद्घ जताभावी गर्दै हिँडेको धेरै भइसकेको छ ।

तर, सो कुरो देख्दादेख्दै पत्रकार ज्युले सो बारेमा भने ‘छिसिक्कै’ केही उल्लेखै नगरी ‘अन्टसन्ट’ मात्रै लेख्नु भएको रहेछ । भूपध्वजलाई ‘डेन्टिङ–पेन्टिङ’ नै गरेर प्रस्तुत गर्नु भएको रहेछ । त्यसैले भूपध्वज बुबुका बारेमा वास्तविकता के हो त ? म स्वयम्ले पनि वि.सं २०४९/०५० देखि चिनेको, विसं २०५४/०५५ देखि त राम्रोसँग सर–संगत गर्दै आएको र भूपध्वज बुबुलाई अझ धेरै राम्रोसँग चिनेजानेको हुनाले उनका बारेमा पूरै लेख्ने हो भने महाभारतभन्दा पनि ठूलो ग्रन्थ बन्छ । त्यसैले यहाँ छोटकरीमा केही प्रष्ट्याउने प्रयास गरिएको छ ।

जे होस् पत्रकार ज्युले जुन व्यक्ति भुपध्वज थोमरोस् (राई)लाई आधार मानेर वा विषय बनाएर फिचर लेख्नु भएको छ, भूपध्वज थोमरोस् (राई) वास्तवमै त्यस्तै हुन् त ? त्यसैले सो बारेमा कुलुङ जाति वा कुलुङ समुदाय बाहेकका धेरै मान्छेहरुलाई भूपध्वज थोमरोस् (राई) भन्ने व्यक्ति कस्ता हुन् ? को हुन् ? आदि इत्यादि बारे वास्तविकता थाहा नहुने भएकोले गर्दा केही लेखेको छु ।
यायोक्खाले स्थापना गरेको १० हजार रुपैयाँको “मदनश्वरी राई पुरस्कार” वि.सं २०५८ मै भूपध्वजलाई त्यसै दिलाइएको होइन । यायोक्खाले अतिशय प्रशंसा गर्‍यो । सम्मान पनि गर्‍यो । मानका खातिर, मान पनि दियो ।

तर, अहिले आएर कुलुङ समुदायमा भूपध्वज बुबुको हालत के–कस्तो छ ? पत्रकार ज्युले मात्रै होइन, अरु जो कोही राईहरुले सोलुखुम्बुको महाकुलुङ लगायत कुलुङहरुको बाक्लो वस्ती भएको सोलुखुम्बु, भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङलगायतका जिल्लामा गएर सोधखोज गर्दा भईहाल्छ ।

मलाई राई जात होईन भनी पढाउने र बुझाउने यिनै भूपध्वज हुन् । यिनै भूपध्वजले कुलुङबारे मलाई पढाएका÷बुझाएका हुन् । उनले कुलुङ सांस्कृति अध्ययन नामक किताब पनि लेखेका छन् । जुन किताबमा उनले किटानी साथ राई जात होइन, पद हो, पगरी भनी प्रष्टसँग लेखेका पनि छन् ।

ऊ वेला ‘रैती/ढाक्रे’ (हालको भाषामा जनता) हरुले राईलाई काम पर्दा घरलौरी (घरैपिच्छे) एकएक जना गएर सित्तैमा काम गरिदिनुपथ्र्यो भनी लेखेका छन् ।

उनी कुलुङहरुको उत्पत्ति–थलो (सुरुदेखि कुलुङका पिता–पूर्खाले चर्चेको, खाईखेली आएको ऐतिहासिक भूमि) महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका हुन् । तर, के गर्नृू ! भूपध्वज बुबु जस्तो मान्छे पछि गएर कथित ‘राई’ जातिको नाममा खुलेको यायोक्खा नामक एनजिओको पुरस्कारमा बिके । बिकेको मात्रै भए त केही थिएन, आफु जिउँदो रहेसम्म कुलुङ, कुलुङ समुदाय र कुलुङका अगुवाहरुलाई बिगार्छु, सप्रिन दिन्न भनी हिँडिरहेका छन् ।

फलतः भूपध्वज आफुले आफनो सक्कली नाममा लेख्न नसकेर थरिथरिका नाममा, समग्र कुलुङ, कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरुलाई सकेसम्म बिगार्न, सप्रिन नदिन, कुलुङहरुको ‘उन्नति र प्रगति नहोस्’ भनेर नानाथरी लेख्दै÷बोल्दै हिँडेका छन् । तर, भुपध्वज बुबुको ज्ञान, विवेक, चेतना–चैतन्य र बुझाईको स्तर हेरेर वा भनौं देखेर कतै तपाईका भावी पुस्ताहरु जस्तै ‘नाति, पनाति, जनाति, खनाति, मनातिहरुले नधिक्कारुन् भन्ने मेरो अग्रिम शुभकामना छ ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार ००:००