मुख्य खवर

साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपतिमा


३२ श्रावण २०७८, सोमबार ००:००


देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर क्षेत्र जाने हो भने प्रशासनको सो निषेध आदेश कागजमा मात्र सीमित भएको पुष्टि हुन्छ । कतिपय त मास्क नै नलगाई भिडभाडमा पुगेको देखिएको थियो ।

हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार ००:००