राेचक

तामाङकाे हत्या प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर


७ बैशाख २०८२, आइतबार ००:००


काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँमा अभय भनिने अबेबहादुर तामाङ हत्या प्रकरणमा २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । प्रहरी वृत्त कालिमाटीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत शुक्रबार २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अभय हत्यामा २१ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेहरूमा काठमाडौंको स्युचाटार घर भएका २५ वर्षीय अजित बुढाथोकी, खड्कागाउँका २४ वर्षीय रोहित खड्का, दक्षिणकाली नगरपालिका–१ बोनस घर भएका २० वर्षीय डेबिट घले, मकवानपुर घर भएका २४ वर्षीय विनय वाइवा लामा, नुवाकोट घर भएका २० वर्षीय अनुज महर्जन, धादिङका २१ वर्षीय सुजन तामाङ, चन्द्रागिरीका २५ वर्षीय राज अर्याल, चन्द्रागिरीकै २१ वर्षीय निश्चल थापामगर, धादिङका २३ वर्षीय हर्के भनिने २३ वर्षीय प्रदिप श्रेष्ठ, सुनसरीका २१ वर्षीय सुशान भनिने सुसन श्रेष्ठ छन् ।

त्यसैगरी उदयपुरका २१ वर्षीय साङ्गे तामाङ, मकवानपुरका १८ वर्षीय सुरज गोले भनिने निराजन गोले, तनहुँका १८ वर्षीय गौतम कमर जोगी, धादिङका २३ वर्षीय विनय आले मगर, सर्लाहीका १९ वर्षीय निश्चल ब्लोन, सिन्धुलीका १९ वर्षीय डेनियल भनिने दानिएल विश्वकर्मा, उदयपुरका २१ वर्षीय खेमराज मगर,पर्साका २१ वर्षीय आशिष श्रेष्ठ, गोरखाका २३ वर्षीय रन्जित श्रेष्ठ, नवलपसारी पूर्वका २० वर्षीय प्रबिन झेडी भनिने प्रमिन झ्याढी र संखुवासभाका २२ वर्षीय प्रवेश भनिने प्रगेश गुरुङ छन् ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार ००:००