पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो ।घरबाट एक सय मिटर पर बारीमा घाँस काट्न गएकी गुरुङलाई थाहै नपाई एक युवक एक्कासी आएर ढुंगाले घाँटीमा हानी बेहोस बनाएको उनका श्रीमान धनमान गुरुङले जानकारी दिए ।
त्यसपछि ति युवकले दुवै कान काटेर आधा आधा तोलाको दुई वटा बेरुवा रिङ लिएर भागेका थिए । मरियम घाइते भएको नजिकै छिमेकी घरकाले देखेपछि होहल्ला गर्दा घरपरिवारले थाहा पाएका थिए । मरियमले रातोमा सेतो धर्का भएको सर्ट लगाएको पातलो मान्छे देखेको र उसको हातमा काट्ने हतियार पनि भएको बयान दिएकी छन् ।
आफूलाई ढुंगाले हानेपछि केही थाहा नपाएको उनले बताएकी छन् । घटनापश्चात् राजाको चौतारा प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेका थिए । तत्काल घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई कानमा टाँका लगाई थप उपचार गरिएको श्रीमान् धनमानले बताए । घटनापछि गाउँले त्रासमा छन् ।
https://www.facebook.com/Thakuripa/videos/223556299829767











प्रतिक्रिया